Technology 

अब ह्वाट्सएप र टोल फ्री नम्बरबाटै च्याटपीटीसँग कुरा गर्न सकिने

०४ पुस, काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय च्याटबट च्याटजीपीटीलाई अझ पहुँचयोग्य बनाउने घोषणा गरेको छ । कम्पनीले ‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत हालै सामान्य फोन वा ल्यान्डलाइन नम्बर र ह्वाट्सएप कलमार्फत च्याटजीपीटीसँग कुरा गर्न सकिने सुविधा ल्याएको हो ।

फोन नम्बरबाट च्याटजीपीटीसँग कुरा गर्ने सुविधा हाल अमेरिका र क्यानडाका प्रयोगकर्ताका लागि उपलब्ध छ । त्यहाँका प्रयोगकर्ताले ‘1-800-CHATGPT’ डायल गरी च्याटजीपीटीसँग एक पटकमा १५ मिनेटसम्म कुरा गर्न सक्छन् । त्यस्तै विश्वभरका अन्य प्रयोगकर्ताहरूले ह्वाट्सएप नम्बर 1-800-242-8478 मा मेसेज गरेर च्याटजीपीटीसँग कुराकानी गर्न सक्नेछन् ।

अब कुनै पनि फोनबाट च्याटजीपीटीमा पहुँच गर्न सकिने भएकाले यो प्रविधि अझ धेरै मानिसले प्रयोग गर्ने कम्पनीको विश्वास छ । च्याटजीपीटीले विभिन्न भाषामा कुराकानी गर्नसक्ने भएकाले भाषाको बाधा पनि हट्ने बताइएको छ ।

ओपनएआईले भविष्यमा ह्वाट्सएपमा च्याटजीपीटीको क्षमतालाई अझ विस्तार गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताहरूले चाँडै नै आफ्नो च्याटजीपीटी अकाउन्टलाई ह्वाट्सएपसँग जोड्न सक्नेछन् ।

Related posts

Leave a Comment