एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम, १ करोड १० लाख पुरस्कार
०६ पुस, काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
