Main Headlines 

सेयर बजार २६२६ अंकमा, बढ्यो कारोबार

०९ पुस, काठमाडौं । मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार भइरहँदा दिउँसो १२ : २५ बजे नेप्से २६४५ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो । उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । यी बाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा…

Read More
Business Main Headlines 

वाइडबडी घोटाला : नेपाली अधिकारीलाई घुस खुवाएको अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

०९ पौष, काठमाडौँ । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर जरिवाना तिराएको छ । एयरबस खरिद सम्झौताको ठेक्का सम्झौता गर्न नेपाली अधिकारीहरुलाई अमेरिकाको एएर कम्पनीले साढे २ मिलियन डलर घुस दिएको प्रमाणित भएको थियो । अमेरिका सरकारको सार्वजनिक मामिला कार्यालय अन्तर्गतको न्याय विभागले विज्ञप्ति जारी गर्दै एएर कम्पनीले भ्रष्टाचार सम्बन्धी कानुन उल्लंघन गरेकाले ५५ मिलियन डलर जरिवानाका लागि दोषी ठहरिएको उल्लेख गरेको छ । सो कम्पनीका एक अधिकारीले नेपालमा र दक्षिण कोरियाका सरकारी अधिकारीहरुलाई घुस दिएको…

Read More
Banking Business 

नेपाल एसबिआई बैंकको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तण

०९ पुस, काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–२ नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–८ नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त), राम कुमार तिवारीे, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा गरेका थिए । हाल यस बैंकले ज्ञण्ण् शाखा, द्दद्द…

Read More
Banking Business 

सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी

०९ पुस, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टल प्रा. लि.मा १५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा…

Read More
Main Headlines 

गुणस्तर ऐन विपरीत काम गर्ने बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

०९ पुस, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए। सो उद्योगसँग चार लाख ५० हजार रुपैयाँ…

Read More
Business 

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा

०९ पुस, काठमाडौँ । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब रुपैयाँ हाराहारी छ । “चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड रुपैयाँ थप भई कूल सार्वजनिक ऋण २४ खर्ब…

Read More
Automobiles 

निसान र होण्डा मर्जर प्रक्रिया सुरु

०९ पुस, काठमाडौँ । अटो इण्डस्ट्रीका दिग्गज निसान र होण्डा कम्पनी एकापसमा गाभिने भएका छन् । चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न यी दुई जापानीज कम्पनी गाभिन लागेका हुन् । मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले सोमबार हस्ताक्षर गरेका छन् । यदि मर्ज भएर एकीकृत कारोबार सुरु भएमा यो विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी हुनेछ । हालसम्म टोयोटा नै जापानको अग्रणी गाडी निर्माता कम्पनीको रुपमा छ । हाल सवारी उद्योग ठूलो बदलावका साथ अगाडि बढिरहेको छ । एकातर्फ जीवाश्म इन्धनको विकल्प रोज्नुपरेको छ भने अर्कोतर्फ चिनियाँ कम्पनीका उत्पादनसँग तीव्र प्रतिस्पर्धा गर्नु…

Read More
en 

Closeup Becomes the Title Sponsor of Voice of Nepal:Searching for Fresh Talent in Music

24 December, Kathmandu : Unilever Nepal’s popular brand, Closeup, has signed an agreement to sponsor the sixth season of the popular show Voice of Nepal. Known as a symbol of confidence and freshness, Closeup is collaborating with Voice of Nepal, a significant platform in Nepal’s music industry, to provide opportunities and inspiration to new talents. Voice of Nepal has been a platform for discovering fresh singing talents and uplifting the Nepali music scene. Partnering with Closeup, known for celebrating music and connecting people throughfreshness and confidence, brings new energy and…

Read More