Business Corporate 

चेम्बर अफ कमर्सको आयोजनामा भृकुटीमण्डपमा माघ १७ देखि  एक्स्पो हुँदै, २ सयबढी स्टल राखिने

१२ पौष, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड…

Read More
Banking 

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ

१२ पुस, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ गरेको छ । एभरेष्ट बैंक कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो । यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण…

Read More
Business Gold & Silver 

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

१२ पुस, काठमाडौँ । सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहीबार ६०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८१५ रुपैयाँमा कारोबारभइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा…

Read More
Main Headlines Society Technology 

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

१२ पौष, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बौद्ध क्षेत्रमा रु एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ । काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक…

Read More
Corporate Main Headlines 

प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध

१२ पुस, काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३/२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य गर्न गर्न निषेध गरिएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै एमसिए नेपालले निर्माण गर्ने प्रसारण लाइन आयोजनाको तोकिएको क्षेत्रभित्र प्रसारण लाइनको मध्यरेखाबाट दायाँबायाँ २३/२३ मिटरभित्र कुनै निर्माण कार्य तथा रुखबिरुवा रोप्न नपाउने उल्लेख गरेको हो । मन्त्रालयका अनुसार ३१५ किलोमिटर लम्बाइको ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना अन्तर्गतको नयाँ दमौलीदेखि नयाँ बुटवल हुँदै नेपाल–भारत सीमासम्म नवलपरासीमा पर्ने ३३.५४ किलोमिटर लम्बाइको प्रसारण लाइनको…

Read More