International 

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

१३ पुष, एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् । ट्रम्पको कानुनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।” ट्रम्पले सन् २०१७-२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गर्नुभएको थियो र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरे । चिनियाँ…

Read More
Main Headlines Society 

कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गरौँ – प्रमुख शाह

२ दिन चल्ने महोत्सव आज समापन हुँदै  १३ पुष, काठमाडौँ । कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । शुक्रबार (पुस १२) तीनकुनेमा काटेश्वर महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाहले, नेपाली उत्पादनसँग व्यापारिक क्षेत्रको पहिचान प्रवर्धन गर्न आग्रह गर्नुभयो । ‘कोटेश्वरले आफ्ना उत्पादनलाई प्रवर्धन गर्नुपर्छ । पूजाआजाका सामान असनमा पाइन्छ । कपडा किन्न न्युरोड जाने गरिन्छ । मेकानिकल सामग्री त्रिपुरेश्वरमा पाइन्छ भने जस्तै गरेर व्यवसायीहरुले कोटेश्वरमा पाइने सामग्रीको प्रवर्धन गर्दै जानुपर्छ ।’ उहाँले भन्नुभयो, ‘नेपालमा बनेका सामान अलि…

Read More
Agriculture Business 

अण्डाको भाउ हालसम्मकै उच्च, एउटा अण्डाको दाम २३ रुपैयाँ !

१३ पुष, काठमाडौं । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो। शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार ६ सय रूपैयाँ र मझौलाको ३ हजार ५ सय रूपैयाँ कायम गरिएको छ। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रूपैयाँ पर्न आउँछ। भाउ बढेसँगै उपभोक्ता मूल्य प्रतिगोटा २२.५० रूपैयाँ कायम गरिएको छ। नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य बढेसँगै किसानले लागत मूल्य पाउने भएका छन्।…

Read More
Cooperative Society 

सहकारी ठगी प्रकरण : भेद छैन कारबाहीमा

१३ पौष, काठमाडौँ । देशभरिका पाँच सयभन्दा बढी सहकारी संस्थामा ठगी, हिनामिना र स्वेच्छाचारी ढङ्गले लगानी गरी आर्थिक अपचलन गरेका झन्डै एक हजार १७५ जनाभन्दा बढी अभियुक्तमाथि कारबाही प्रक्रिया अघि बढेको छ । सहकारीको बचत रकम अपचलनमा संलग्न छ सयलाई कारबाही हुँदा अरू ५७५ जनाभन्दा बढी अनुसन्धानका लागि हिरासत र अदालतको आदेशपछि जेलमा छन् । सङ्घीय सरकारमा दर्ता भएकामध्ये २२ वटा सहकारीका ६२ हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपियाँ बचत अपचलन हुँदा ठगीमा संलग्नहरू धमाधम कारबाहीमा परेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता…

Read More
Business Main Headlines 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । त्यस्तै, जापानी येन, साउथ कोरियन वनको भने मूल्य घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६…

Read More
Education 

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका सबै पालिकालाई निर्देशन

१३ पौष, काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण पठाउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ । केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत् अद्यावधिक गराउन निर्देशन दिएको हो । केन्द्रले वैकल्पिक शिक्षा प्रणालिबाट भर्ना हुन आएका विद्यार्थी, बिचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरणसमेत…

Read More