चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१४ पुस, काठमाडौँ । चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।