Business 

मेरो माइक्रोफाइनान्स लघुवित्तले ७.८९ प्रतिशत लाभांश दिने

०८ पुस, काठमाडौं । मरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख बराबर बोनस सयेर र यसको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.३९ प्रतिशतले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो । त्यसैगरी बोनस सेयरको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७३६८ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको…

Read More
Business 

हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

०८ पुस, काठमाडौं। हिमालय डिस्टिलरी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०\८१ का लागि चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५३ करोड ४५ लाख ४ हजार ६ सय ६३ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो । कम्पनीका अनुसार चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३६ लाख २६ हजार १ सय ६५ बराबर नगद लाभांश र १५ प्रतिशतले हुन आउने ४० करोड ८ लाख ७८ हजार ४ सय ९७ बराबर बोनस सेयर वितरण हुने छ । यस्तै , कम्पनीले चुक्ता…

Read More
Business Share Market 

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै कालिञ्चोक दर्शन

०८ पुस, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २९ गते, सोमबार साधारण सभा बोलाएको छ । कम्पनीले बद्रीनाथ होटल, गौशाला, पिङ्गलास्थान काठमाडौँमा साढे ११ बजे १० औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोड मूल्य बराबरको ६० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण तथा…

Read More
Business 

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

०८ पुस, काठमाडौँ । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरले परीक्षण उत्पादन सफल भएको छ। गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट विद्युत् गृह निर्माण गरिएको छ। उक्त विद्युत् गृहमा जडित ३३\३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादन हुने जनाइएको छ। हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए। तीनवटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए। सो आयोजना कूल लागत १८ अर्ब ६९ करोड २० लाख…

Read More
Business Share Market 

१३.५३ अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब

०७ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ । बजार २५८३.२९ बिन्दुमा रोकिएको छ । आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ । आइतबार जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै (२.०५ प्रतिशत) विकास बैंक उपसमूहका…

Read More
Automobiles 

हुन्डाईको क्रेटा बन्यो भारतमा सबैभन्दा धेरै बिक्री हुने गाडी

०७ पुस, काठमाडौँ । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाइ क्रेटा’ ले नोभेम्बर महिनामा भारतमा सबैभन्दा धेरै गाडि बिक्री गरेको छ । हुन्डाइ क्रेटा फेरी पनि भारतमा सबैभन्दा बढी बिक्री हुने मोडलको सूचीमा पहिलो स्थानमा उक्लिएको हो । नोभेम्बरमा हुन्डाइले क्रेटा मोडलका १५ हजार ४५२ युनिट गाडि बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ११ हजार ८१४ युनिट क्रेटा बिक्री भएको थियो । गत वर्षको तुलनामा गत वर्षको नोभेम्बरमा क्रेटाको बिक्री ३१ प्रतिशतले बढेको हो । हुन्डाईले नाभेम्बरमा सबै मोडल तथा भेरियण्टका गरी ४८ हजार २ सय ४६ गाडि भारतीय…

Read More
Business Share Market 

लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

०७ पुस, काठमाडाैं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । जस अनुसार कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद…

Read More
Business Gold & Silver 

सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले बढ्यो

०७ पुस, काठमाडौं । सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२३.१८ अमेरिकी डलर र चाँदी प्रतिऔंस…

Read More
Business Main Headlines 

चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत

०७ पुष, काठमाडौँ । चालूआर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत्भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालूआवको साउन, भदौअसोज, कात्तिक र मब्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको१ अर्ब ७६ करोड युनिट विद्युत्भारततर्फ निर्यात गरेको छ । चारमहिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको…

Read More
Political Finance 

‘आर्थिक सुधारको योजना चाँडै’

०७ पुष, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक सुधारका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । म्याग्दी–काठमाडौँ सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको विभिन्न क्षेत्रका अगुवाको सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले निराशा हटाउने गरी आर्थिक सुधार कार्यक्रम आउने बताउनुभएको हो । उहाँले निराशा न्यूनीकरण गरेर अघि बढ्ने र देशलाई आर्थिक रूपमा सबल बनाउनका लागि काम गर्ने पक्षमा कांग्रेस दृढ रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस छलफलमा छ । केही दिनभित्र सरकारबाट महत्वपूर्ण निर्णय गराउने गरी छलफल भइरहेको छ । तयारी भइरहेको छ । हामी दिनरात काम गरिरहेका छौँ । त्यो निर्णयबाट अहिलेको अवस्था…

Read More