Banking Education 

राष्ट्रिय वाणिज्य बैंक: ५ लाखदेखि १ करोडसम्मको  शैक्षिक कर्जा सार्वजनिक

२० भदाै, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको बैँकले जनाएकाे छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको ‘शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी बैंकको निर्णयमा उल्लेख छ ।…

Read More
Automobiles Business 

नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो एमटी ४५० बाइक, दोस्रो लटको बुकिङ खुला

२० भदाै, काठमाडौँ । नेपाल नआउँदै सीएफ मोटोको एमटी ४५० बाइक २५ युनिट बुकिङ भएको बताइएको छ । हालै सम्पन्न नाडा अटो शोमा प्रिमियम टु ह्विलर ब्रान्ड सीएफ मोटोको एमटी ४५० र सोही कम्पनीअन्तर्गतको इलेक्ट्रिक स्कुटर जिहोको एई ४ लन्च भएको थियो । नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले लन्च गरेको नयाँ स्कुटर एबीएस र नन् एबीएस भर्सनमा उपलब्ध छन् । यी दुईवटै बाइकमा दर्शकको आकर्षण निकै राम्रो रहेको ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीले बताएका छन् । जोशीका अनुसार एमटी ४५० मोटरसाइकल ५ महिनाअघि मात्र फिलिपिन्समा पहिलोपटक लन्च…

Read More
Automobiles 

२१० एमएम ग्राउन्ड क्लियरेन्स भएको नयाँ ईभी ‘एलईभी ०१’ नेपाली बजारमा, ५०० किमि रेन्ज दिने

२० भदाै, काठमाडौं । चीनको अटो पार्ट्स उत्पादक साङ्घाई लन्चको सहायक कम्पनी एलएस अटोको नयाँ विद्युतीय सवारी ‘एलईभी ०१’ नेपाली बजारमा आएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले यो गाडी नेपाल भित्र्याएको हो । ‘एलईभी ०१’​ को सुरुवाती मूल्य नेपाली बजारमा ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसलाई कम्पनीले एसई र सीई भेरियन्टमा सार्वजनिक गरेको छ । कारमा ९९ किलोवाट क्षमताको मोटर र ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । कम्पनीले दुवै भेटियन्टमा समान क्षमताको मोटर र ब्याट्री उपलब्ध गराएको छ ।…

Read More
Business Gold & Silver 

सुनको भाउ चार दिनदेखि स्थिर

२० भदाै, काठमाडाैं। सुनको भाउ चार दिनदेखि स्थिर रहेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ४९५ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने…

Read More
Main Headlines Technology 

इन्टरनेट सेवाप्रदायकहरुले स्वीकृति बिना नै शुल्क तोकेपछि प्राधिकरणको गम्भीर ध्यानाकर्षण

२० भदाै, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवाप्रदायकले स्वीकृतिबिना नै सेवा शुल्क लिइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवाका निम्ति अनुमतिपत्र प्राप्त कम्पनीले ग्राहकसँग लिने शुल्क/महसुलदर प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । तर, मनपरी रुपमा केही इन्टरनेट सेवाप्रदायकले शुल्क लिइरहेको पाएपछि बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, ‘सेवाको शुल्क/महसुलदर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाआटमा सुचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकाले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।’ अब स्वीकृत गरिएको…

Read More
Automobiles 

नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’

२० भदाै, काठमाडाैं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोहबिच कम्पनीले जिकर ब्रान्ड सार्वजनिक गरेकाे हाे । चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको नेतृत्व गर्न तत्पर छ । यसै साता ह्यात रिजेन्सि काठमाडौंमा एक समारोहबीच जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर…

Read More
Banking Banking Fraud 

बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकलाई लैंगिकमैत्री बनाउन माग

१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० लाई लैङ्गिक समानता बनाउनुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० संशोधन प्रस्ताव पेश गर्दै उनले विधेयकमा परिवारका सदस्य भनेर गरेको परिभाषामा लैङ्गिक समानता नभएको बताइन् । उनले विधेयकमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ मानिने शेयर धनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी, छोरा…

Read More
Business Share Market 

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

१९ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन…

Read More
Banking Business 

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्ट बिच सम्झौता

१९ भदाै, काठमाडौं । बालुवाटार स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्ट बिच बैंकका ग्राहक महानुभाव, शेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहक महानुभावहरुलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयरधनी र…

Read More
Main Headlines 

डुडुवामा नयाँ पुल बनेपछि आवागमन सहज

१९ भदौ, बाँके । नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो । डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताए । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उनको भनाइ छ । यो पुलको निर्माण तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न…

Read More