Business 

निरन्तर उकालाे लाग्दै अमेरिकी डलरकाे भाउ, अरु मुद्राकाे कति छ मुल्य ?

१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय…

Read More
Banking 

बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाहमा सामान्य वृद्धि, अन्तर बैंक ब्याजदर २ दशमलव ९९ प्रतिशत

१३ मंसिर, काठमाडौँ । पछिल्लो समय बैंकिङ्ग निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ९ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३४ अर्ब रूपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन १ अर्ब रुपैयाँले घटेको छ । मंसिर ८ गते ५९ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले ९ गते ५८ खर्ब ९९ अर्ब संकलन गरेका छन् । सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने…

Read More
Business Main Headlines Technology 

नेपाल दूरसञ्चार प्राधिकरणले दियो वर्ल्डलिंकलाइ नयाँ लाइसेन्स

१३ मंसिर, काठमाडौँ । २५ वर्षको अनुमति पत्रको म्याद सकिएपछि वर्ल्डलिंक कम्युनिकेसनले नयाँ लाइसेन्स प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको वर्ल्डलिंकले जानकारी दिएको छ । २५ वर्षे अवधि सकिएर पुनः लाइसेन्स पाउने वर्ल्डलिंक पहिलो इन्टरनेट सेवा प्रदायक हो । वर्ल्डलिंकले २०५५ चैतमा लाइसेन्स कर तथा राजस्व विवादले सरकारले पुनः लाइसेन्स दिन आनाकानी गरेपछि करिब ७ महिनादेखि वर्ल्डलिंक यत्तिकै चलेको थियो । वर्ल्डलिंकलाई प्राधिकरणले १० वर्षका लागि नयाँ लाइसेन्स दिएको छ । राजस्वसम्बन्धी विवादलाई लिएर वर्ल्डलिंकले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा गएको…

Read More
Business International Technology 

मस्कले टेस्ला स्मार्टफोन बनाउन लागेका हुन् ? के हो वास्तविकता ?

१३ मंसिर, काठमाडौँ । अहिले सामाजिक सञ्जालमा इलोन मस्कको स्वामित्वमा रहेको अमेरिकी कम्पनी टेस्लाले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा फैलिएको सूचनाअनुसार मस्कले आउँदो डिसेम्बर महिनामा ‘टेस्ला पाई’ नाम दिइएको स्मार्टफोन सार्वजनिक गर्न लागेका छन् । कतिपयले त यो फोनको मूल्य तोक्न समेत भ्याएका छन् । केही पोस्टहरुमा यो फोन सूर्यको किरणबाट आफैँ चार्ज हुने र स्टारलिंकका माध्यमबाट जतासुकै इन्टरनेट चलाउन सकिने दाबी गरिएको छ । अझ केही प्रयोगकर्ताले त फोनको तस्बिरसमेत सार्वजनिक गरेका छन् । हुन त टेस्ला नामक स्मार्टफोनको ब्राण्ड पनि स्थापित छ…

Read More
Business Main Headlines Share Market 

धितोपत्र बोर्डका अध्यक्षसँग सबै लगानीकर्ताको अपेक्षा ‘नयाँ स्टक एक्सचेन्ज’ यस्ता छन् लगानीकर्ताले दिएका सुझावहरु

१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । एक दिन पनि खालि हुन नहुने ठाउँमा सरकारले ११ महिना पछि गरेको भन्दै अवदेखि यस्तो अवस्था सिर्जना नगर्न सम्पुर्ण लगानीकर्ताहरुले अनुरोध गरेका छन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल, शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुलेल, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई मौद्रिक नीतिको समिक्षाका क्रममा समन्वय गरेर अगाडी बढ्न सुझाव दिएका छन् । उनिहरुले नेपालको शेयर बजारलाई नेपाल राष्ट्र बैंकका…

Read More
Gold & Silver 

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार  ?

१२ मंसिर, काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी आज १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More
Business Share Market 

सेयर बजारले २७ सय नाघ्यो, बढ्यो कारोबार

११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ । मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो । २११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९,…

Read More
Main Headlines Travels & Tourism 

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढ्यो, यस्तो छ कारण

११ मंसिर, सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६…

Read More
Business Gold & Silver Main Headlines 

सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?

११ मंसिर, काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । सुनचाँदीको मूल्य घटेसँगै देशभरका व्यवसायीसँग भएको सुनको स्टक मूल्य समेत त्यही अनुसार घटेको छ । यसले व्यवसायीहरूमा ठुलो नोक्सान भएको देखिन्छ । तर, सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरूले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँछन् ।…

Read More
Gold & Silver 

तोलाको डेढ लाखमा झर्‍यो सुन, सरकारले भन्सार महसुल घटाएपछि १६ हजारले कमी

१० मंसिर, काठमाडौँ । नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ। यस्तै चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ। मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो। कति पुग्यो भाउ ? नेपाल सुनचाँदी व्यवसायी…

Read More