नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?
१३ कार्तिक, काठमाडाैँ । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा नेपाल एसबिआइ बैंकको खुद नाफा ७०.०१ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ८१ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुर्याएको हो । इम्पेरिमेन्ट चार्ज (रिभर्स) रकम १९३.५२ प्रतिशतले घटेर २७ करोड ७६ लाख रुपैयाँ ऋणात्मक भएसँगै बैंकको खुद मुनाफामा उच्च बृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत र कुल सञ्चालन खाम्दानी ०.४७ प्रतिशतले घटेको छ । नेपाल…
Read More