भारतलाई गोल फर्काएपछि साम्बा(सावित्रा भण्डारी)को गोल सेलिब्रेसन (तस्वीरहरु)
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा बराबरी गोल गरेपछि नेपाली सावित्रा भण्डारीले गरेको गोल सेलिब्रेसनका कारण पहेँलो कार्ड नै पाइन् । भारतले १ गोल गरेपछि अवरुद्ध भएको खेल एक घण्टा ६ मिनेटपछि सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट पनि नबित्दै साम्बाले गोल गरेकी थिइन् । त्यसपछि उनले जर्सी खोलेर र मैदान बाहिर गएर गोल सेलिब्रेसन गरेकी थिइन् । त्यही कारण रेफ्रीले उनलाई पहेँलो कार्ड दिएकी थिइन् । हेर्नुहोस् तस्वीरहरु:
Read More