Cooperative 

सहकारी ठगीमा को-को छन् जेलमा ? हालसम्मको अवस्था के छ ?

१० कार्तिक, काठमाडौं । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ स्थापना भएका सहकारी संस्थाहरुमा यतिबेला विकृति र वेतिथिहरु देखिन थालेका छन् । सहकारीका अगुवाहरु र जिम्मेवार व्यक्तिहरुले नै सहकारीको लाखौं रकम हिनामिना गरेको अवस्था छ । जसले गर्दा सर्वसाधारण जनताले दैनिक आधारभूत खर्च कटाएर सहकारीमा गरेको बचत फिर्ता पाउन सकेका छैनन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरि रकम बचत गरेका हुन्छन् । त्यही रकम लिएर सहकारीका सञ्चालकदेखि जिम्मेवार व्यक्ति नै फरार भएका छन् । जसका कारण सहकारी संस्थाहरुप्रतिको जनविश्वास घट्दै गएको छ । एकातिर सरकार…

Read More
Agriculture Business Society 

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

१० कार्तिक, इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन्। इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बाले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताए। ‘सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ,’ उनले भने, ‘उहाँहरूले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ। उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ।’…

Read More
Business Main Headlines Society 

राजस्व कार्यालय मकवानपुरले उठायो लक्ष्यको ८५ प्रतिशत राजस्व

१० कार्तिक, काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ८६ करोड ७५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ५७ करोड ८९ लाख रूपैयाँ राजस्व संकलन भएको छ। यही साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ एक अर्ब ४१ लाख रूपैयाँ, आयकरतर्फ २० करोड ४४ लाख रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ १८ करोड ८५ लाख रूपैयाँ, स्वास्थ्य जोखिम करतर्फ १५ करोड ९९ लाख रूपैयाँ,…

Read More
Banking 

कमजोर बन्यो एनआईसी एशिया बैंक, वितरण गर्नुपर्ने नाफा ऋणमा पुग्यो

१० कार्तिक, काठमाडौं । एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बन्न पुगेको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा ह्वात्तै घटेको हो । बैंकको खुद नाफा ८९.०६ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले कुल ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । यसरी हेर्दा बैंकले वितरण गर्नुपर्ने नाफा ऋणमा पुगेको देखिन्छ ।…

Read More
Agriculture Society 

अलैँचीको उत्पादन कम हुँदा आधाले घट्यो निर्यात

१० कात्तिक, काठमाडौँ । देशबाट समग्र वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा समेत कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) एक अर्ब २६ करोड २१ लाख रुपियाँ बराबरको सात लाख ८३ हजार ७५० केजी अलैँची निर्यात भएको छ । गत वर्षको सो अवधिमा एक अर्ब ८९ करोड ७६ लाख रुपियाँ बराबरको १५ लाख २५ हजार ९६० केजी निर्यात भएको थियो । गत वर्षको तीन महिनामा चालु आवको तीन महिनामा ६३ करोड रुपियाँ बराबरको अलैँची निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । अलैँची उत्पादक सङ्घका…

Read More
Banking Business 

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

०९ कार्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकका ग्राहकले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरू खाना तथा पेय पदार्थ, देभराना स्पा, स्विमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग बापत भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र…

Read More
Banking Business 

प्रभु बैंकको नाफा पहिलो त्रैमासमा सामान्य बढ्यो, नेटवर्थ प्रतिशेयर कति ?

०९ कार्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको नाफा ०.६२ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा सो रकम बृद्धि गरी १ अर्ब ४ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको हो । चुक्ता पुँजी २३ अर्ब ५४ करोेड २४ लाख ९० हजार रुपैयाँ रहेको प्रभु बैंकले जगेडा कोषमा १४ अर्ब ८ करोड ३६ लाख ४१…

Read More
Banking Business 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण

०९ कार्तिक, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’को आधिकारिक रूपमा लोकार्पण गरेको छ। राजधानीको अलोफ्ट होटलमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो। यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको छ। कार्यक्रममा पत्रकार र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका व्यवस्थापन सहभागी थिए। कार्यक्रममा बैंकले ‘एनआईएमबी पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको छ भन्ने कुरा प्रस्तुत गरे। यसले ग्राहकहरूलाई…

Read More
Business 

आजको विनिमयदर कति छ हेर्नुहोस्

०९ कार्तिक, काठमाडौँ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र…

Read More
Business 

नेपालमा लगानी गर्न विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

०८ कार्तिक, काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरे । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि आस्वस्त पारे। अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग…

Read More