Business Gold & Silver 

सुन-चाँदीको मूल्यले दैनिक बनाउँदै रेकर्ड

०७ कार्तिक, काठमाडाैं । सुनको भाउले बुधबार पनि रेकर्ड कायम गरेको छ । दसैँपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा…

Read More
Banking Business 

नबिल बैंकले तीन महिनामै कमायो २ अर्ब ५ करोड

०७ कार्तिक, काठमाडाैंं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।…

Read More
Business Main Headlines Political Finance 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

०७ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन…

Read More
International Main Headlines 

१६औं ब्रिक्स सम्मेलन आजदेखि

०६ कार्तिक, काठमाडाैँ । १६औं ब्रिक्स आजदेखि शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नेछन् । यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण…

Read More
Gold & Silver 

सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

०६ कात्तिक, काठमाडौं । सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो…

Read More
Main Headlines Society 

पशुपतिको धर्मशालाबारे अध्ययन गर्न समिति, तीस दिन म्याद  

०६ कार्तिक, काठमाडौँ । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको उल्लेख छ । अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति,…

Read More
International 

राष्ट्रसङ्घका महासचिवलाई भेट्दै पुटिन

०६ कार्तिक, काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । केन्द्रीय रूसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उनहरूबीच भेट हुनेछ । पश्चिमले रूसलाई युक्रेन आक्रमणका कारण अलग गर्न प्रयास गरेको छैन भन्ने देखाउन मस्कोले मञ्चको उपयोग गर्न चाहन्छ । पुटिनले अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले सोमबार पत्रकारहरूलाई बताए । महासचिव गुटेरेसले रूसको सैन्य आक्रमणप्रति बारम्बार आलोचना गर्दै यसले ‘वैश्विक स्तरमा खतरनाक…

Read More
Agriculture Business 

बागलुङको छुर्पी अमेरिका निर्यात

०५ कार्तिक, बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध,…

Read More
Share Market 

२७०० मुनि झर्‍यो सेयर बजार, बढ्यो कारोबार

०४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ । कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य…

Read More
Business Main Headlines 

विदेशिनेको लाममा पेसाकर्मी पनि, तीन महिनामै ९०० भन्दा बढीले लिए श्रम स्वीकृति

०४ कार्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि प्रोफेसनल (पेसागत) श्रम स्वीकृति लिने पेसाकर्मीको संख्या ह्वात्तै बढेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो तीन महिनाको अवधिमा ९४८ जनाले प्रोफेसन लेबर (पेसागत श्रम) स्वीकृति लिएका छन्। गत आर्थिक वर्ष २०८०।८१ को त्रैमासिक अवधि (असोज मसान्तसम्म) मा जम्मा २७२ जना पेसाकर्मीले वैदेशिक रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिएका थिए। यस वर्ष यो संख्या झन्डै साढे दुई गुणा (२४८ प्रतिशत) ले बढेको छ। बाहिरिनेमा पेसाकर्मी महिलाको संख्या पनि उल्लेख्य छ। यस वर्ष पहिलो त्रैमास अवधिभित्र १४८ जना महिला पेसाकर्मीले वैदेशिक रोजगारीका लागि…

Read More