Gold & Silver 

अमेरिकी डलरको मजबुतीले सुनको मूल्यमा आइतबार पनि नयाँ रेकर्ड

०४ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउले लगातार पाँच दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको हो । असोज २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै कात्तिक १ गते बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको सुन शुक्रबार २ हजार रुपैयाँले बढेर तोला कै एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको…

Read More
Business Main Headlines Society 

तीन अर्ब ५८ करोड राजस्व सङ्कलन

०४ कार्तिक, काठमाडौँ । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१÷८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो । आव २०८०÷८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु…

Read More
Agriculture Business 

लोप हुँदै मखानखेती

०३ कार्तिक, महोत्तरी । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताए । किसानहरुले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उनको भनाइ छ । जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या मृत्यु र श्राद्ध कर्ममा समेत मिथिलामा मखानको प्रयोग हुने गर्दछ । मखान आयआर्जनको माध्यमसँगै मिथिलाको संस्कृति जोगाउने उपक्रम र परम्परागत पुर्ख्यौली पेसा पनि रहेको जलेश्वर नगरपालिका–५ का सांस्कृतिविद् ध्रुव राय बताउँछन् ।…

Read More
Banking 

बैंकहरूको घरजग्गामा जाने लगानी दुई महिनामा ५ अर्बले घट्यो

०३ कात्तिक, काठमाडाैँ। चालू आर्थिक वर्षका दुई महिनामा अर्थतन्त्रका अधिकांश सूचक सुधारिएका छन्। अर्थतन्त्रमा सुस्तता कायमै रहे पनि सरकारको चालु खाता ४९ अर्ब माथि छ भने शोधानान्तर स्थितिमा पनि उल्लेख्य सुधार देखिएको छ। साउन र भदौ महिनामा महँगीको जनाउ दिने उपभोक्ता मुद्रास्फीति घटेर ३.८५ प्रतिशतमा आइपुगेको छ। यस्तै गत वर्षको दुई महिनाको तुलनामा यो वर्षको भदौ महिनासम्म आयात बढ्दा निर्यात भने घटेको छ। विदेशी मुद्राको प्रमुख स्रोत रहेको रेमिट्यान्स १५ प्रतिशतले बढेको छ। यस अवधिमा शोधानान्तर स्थिति एक खर्ब माथिको बचतमा रहँदा सरकारसँग १३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने…

Read More
Agriculture 

नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

०३ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गर्न लागेको हुँदा बढीभन्दा बढी लगानी गर्न आग्रह गर्नुभयो । उहाँले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले नेपालको खाद्य…

Read More
Cooperative Main Headlines Society 

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

०३ कात्तिक, काठमाडाैँ। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका सांसद, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। उनलाई राति करिब २:४५ बजेतिर प्रहरी कार्यालयमा प्रवेश गराइएको थियो। लामिछानेलाई त्यहाँ पुर्‍याउँदा रास्वपाका केही कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए। लामिछानेलाई अब अदालतमा उपस्थित गराइनेछ र…

Read More
Business Main Headlines 

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

०३ कात्तिक, इलाम । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका…

Read More
Cooperative Main Headlines 

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने

०२ कात्तिक, काठमाडौँ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने…

Read More
Automobiles 

हुन्डाईले तीन वटा मोडलका नयाँ ईभी लन्च गर्दै

०२ कार्तिक, काठमाडौँ । हुन्डाईले ३ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । हुन्डाई इन्डियाले आफ्नो लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको हो । मिडिया रिपोर्टका अनुसार यसको मूल्य १५ लाखदेखि १८ लाख भारुसम्म हुन सक्ने दावी गरिएको छ । लन्च हुने तयारीमा रहेको ४५० किलोमिटर सर्टिफाइड रेन्जको हुन्डाई क्रेटा ईभीमा ४५ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिने सम्भावना रहेको छ । यसको वास्तविक रेन्ज ३५० किलोमिटर हुने अनुमान गरिएको छ । हुन्डाई क्रेटा ईभीमा रहेको इलेक्ट्रिक मोटरले अधिकतम १३८ बीएचपी पावर र २५५…

Read More
en 

Central Banking in the 21st Century: Changing Paradigm, Lecture of Shaktikanta Das (Governor of RBI)

18 October, KATHMANDU: I am delighted to have been invited by the Nepal Rastra Bank (NRB) to deliver the inaugural Himalaya Shumsher Memorial Lecture. I deem it as a privilege. I place on record my appreciation of the Nepal Rastra Bank for initiating this lecture series in honour of Shri Himalaya Shumsher Rana, the first governor of NRB from1956 to 1961. He contributed immensely to the development of Nepalese monetary and financial systems. His efforts laid the foundation for many of Nepal’s key financial institutions and contributed significantly to the…

Read More