Business 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

०२ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र…

Read More
Business Main Headlines 

लगानीका नयाँ क्षेत्र खोज्ने अवसर

०२ कार्तिक, काठमाडौँ । कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण करिब दुई वर्षदेखि शिथिल बन्दै गएको भनिएको नेपालको अर्थतन्त्रमा पछिल्लो समय केही फरक सूचक देखिएका छन् । विदेशी मुद्रा सञ्चित बढी हुने, बैङ्क तथा वित्तीय संस्थामा पनि पैसा धेरै हुने तर राजस्व सङ्कलन तथा पुँजीगत खर्च भने न्यून नै रहने अवस्था बलियो बन्दै गएको छ । गएका दुई आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चित नभएर आयात प्रतिबन्धसम्मका उपायसहित कठोर मौद्रिक नीति लिएको नेपाल राष्ट्र बैङ्कले गत मङ्गलबार हालसम्मको इतिहासमै धेरै १६ अर्ब चार करोड अमेरिकी डलर (करिब २१ खर्ब ५२ अर्ब ५३ करोड…

Read More
Share Market 

बढ्दो तरलता सँगै घट्दो व्याजदरले लगानीकर्तालाई हौस्यायो, सूचक सँगै कारोबार रकम बढ्यो

०१ कार्तिक, काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दो तरलता सँगै घट्दो व्याजदरले शेयर बजारका लगानीकर्तालाई हौस्याइरहेको छ । दशै अगाडीदेखि बढ्न सुरु गरेको शेयर बजारले दशै विदा पछि पनि निरन्तरता पाएको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से सूचक बुधबार पनि ४३.२२ अंकले सुधार भएको छ । बैंक वित्तीय संस्थाले कार्तिक महिनाका लागि व्याजदर घटाउदा लगानीकर्ताहरु भने हौसिएका छन् । व्याजदर र शेयर बजारको सम्बन्धले गर्दा आज कारोबार रकम नै बढेको छ । बुधबार ५ अर्ब ६६ करोडको खरिद बिक्री भएको छ । व्याजदर घट्दा शेयर बजारमा जहिले पनि उछाल आउने…

Read More
Agriculture Business 

अवस्था सामान्य बने पनि घटेन तरकारीको भाउ, ठगी बढेको उपभोक्ताको गुनासो

०१ कार्तिक, काठमाडौँ । भक्तपुर सल्लाघारीकी अञ्जु सुवेदी गाउँमा दसैँ मानेर मंगलबार राति घर फर्किइन् । घर आएलगत्तै काठमाडौँमा भएका पाहुनालाई बोलाएकी उनी तरकारी किन्न बजार गइन् । १ हजार रुपैयाँ बोकेर तरकारी किन्न हिँडेकी उनले पैसा नपुगेर १५ सय रुपैयाँ इसेवा गरिन्, किनकि तरकारीको भाउ अचाक्ली महँगो भएको थियो । बिहान–बेलुका नै भान्सामा चाहिने आवश्यक तरकारीको भाउ यसरी बढ्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको गुनासो छ । दसैँअघिको तुलनामा तरकारीको भाउ दोब्बरभन्दा बढीले बढेको उनको भनाइ छ । किसानबाट सस्तोमा तरकारी लिएर बिचौलियाले भाउ बढाएको हुन सक्ने भन्दै…

Read More
Business Main Headlines 

नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

०१ कार्तिक, काठमाडौँ । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी जनाएको हो । निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका प्रवक्ता…

Read More
Travels & Tourism 

एकैदिन ६९० पर्यटक लुक्ला पुगे

०१ कार्तिक, सोलुखुम्बु । मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक लुक्ला पुगेका छन्। मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका थिए । नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधबार मन्थलीमा रोकिएका छ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला पुगेका हुन्। हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएका उनले बताए । नेपाल नागरिक उड्डययन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको…

Read More
Sports 

पोखराले भित्रायो आन्द्रेस गौसलाई

०१ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस Andries Gous लाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बने । एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए । उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानाडाविरुद्ध…

Read More
International Technology 

साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ

३० असोज, कोलम्बो । श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो । विदेशमन्त्री विजिता हेराथका अनुसार गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको थियो । तर कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको छ । उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका बताइएको छ । कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलङ्काली प्रहरीसँग ‘विशेष…

Read More
Main Headlines Society 

पशुपति क्षेत्र विकास कोषको निष्कर्ष : धर्मशालामा मोही हक लाग्दैन

३० असोज, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुन अनुरूप फिर्ता ल्याउने प्रस्ट पारेको छ । कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको गौशाला धर्मशालामा कुनै व्यक्ति वा समूहलाई नदिने, गैरनाफामूलक रूपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्ने जनाएको हो । कोषले मङ्गलबार पत्रकार सम्मेलन गरी कुनै व्यक्ति वा व्यापारिक समूहलाई कौडीको भाउमा राज्यको सम्पत्ति सुम्पिन नमिल्ने निष्कर्षसहित स्थानीय सरकारसँग सहकार्य आरम्भ गरिएको बताएको छ । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले पशुपति क्षेत्र विकास कोष नै अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था भएकाले विधि, कानुनबमोजिम…

Read More
Business 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा चारले वृद्धि

३० असोज, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ । निगमले पहिलो…

Read More