कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा
२२ असाेज, काठमाडौँ । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो । अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् । कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् । ‘कर्णाली…
Read More