Main Headlines Society 

मनसुनी र चापीय प्रणाली थप सक्रिय : कोशीसहित यी प्रदेशहरूमा धेरै बर्षा हुने, सतर्क रहन आग्रह

१७ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, मधेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसाकोशी, मधेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा केही स्थानहरूमा…

Read More
Main Headlines Society 

२१ वर्षपछि पशुपतिको सम्पत्ति फिर्ता

१७ असोज, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिले दायर गरेको मुद्दामा…

Read More
Main Headlines Society 

बडादसैँ सुरु, आज घटस्थापना 

१७ असाेज, काठमाडौँ । बडा दसैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थापना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्च माटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ। नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा…

Read More
Main Headlines Society 

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु

१६ असोज, काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा…

Read More
Business Share Market 

२६ सयमुनि झर्‍यो सेयर बजार, कारोबार घट्यो

१६ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो । ५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर…

Read More
Banking 

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर चौबिसै घण्टा

१६ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित कल सेन्टर अब चौबिसै घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर चौबिसै घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाबारे जानकारी लिन चाहनेहरु यो सेवाबाट लाभान्वित हुने बैंकको विश्वास छ । साथै बैंकको सेवा प्रवाह थप सुधार आउने अपेक्षा छ ।

Read More
Banking 

५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

१६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत थप ५० अर्ब खिच्ने भएको हो । सात दिनका लागि बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २३ असोजमा भुक्तानी हुनेछ । स्थायी निक्षेप सुविधा नियमित उपलब्ध गराएको केन्द्रीय बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयका लागि निक्षेप संकलन उपकरण समेत बोलकबोल गरिरहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा…

Read More
Business Gold & Silver 

सुन तोलामा ८ सय बढ्यो

१६ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९३५ रुपैयाँ कायम भएको छ ।

Read More
Agriculture 

कृषिमा छ अर्बको क्षति

१६ असोज, कठमाडौँ । असोज १० र ११ गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार सबभन्दा बढी धान बालीमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । कृषि मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर क्षेत्रफलको धान बाली नष्ट भएको छ । जसमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको धान बाली नष्ट भएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ,…

Read More
Entertainment 

स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ को अग्रीम बुकिङ खुल्यो, मल्टिप्लेक्स हलले दिए उच्च शो

१५ अ साेज, काठमाडौँ । घटस्थापनादेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को अग्रीम बुकिङ खुला गरिएको छ । यही असोज १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको राजधानीसहित नेपालभर अग्रिम टिकट बुकिङ खुला गरिएको हो । स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्ममा उमेर कटेकी युवतीको बिहे गर्न आइपरेका अनेक समस्या देखाइएको छ । यो फिल्मले रिलिजअघि राम्रो चर्चा कमाएको छ भने फिल्ममा समावेश गीतले पनि दर्शकको मन जितेका छन् । फिल्मले मल्टिप्लेक्स हलमा पनि उच्च शो पाएको छ । सबैभन्दा बढी पर्दा भएको क्यूएफएक्स चेन अन्तर्गतका हलमा फिल्मले ३३…

Read More