Health Main Headlines 

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

१५ असोज, काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो । अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ । बैठकमा बोल्नुहुँदै मन्त्री पौडेलले मन्त्रालयले…

Read More
Share Market 

नेप्से ११४ अंकले बढेपछि १८ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

१५ असाेज, काठमाडौं । मंगलबार सेयरबजारमा उच्च वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो। ४.५७ प्रतिशतले बढेसँगै लगानीकर्ताले ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको सेयर किनबेच गरेका छन्। १ करोड ७५ लाख ७ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। आजको कारोबारमा एउटाबाहेक सबै कम्पनीको सेयर मूल्य बढेको हो। एक कम्पनीको मूल्य स्थिर रहे पनि २४३ वटाको मूल्य बढ्नपुगेको छ। आज मात्रै १८ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। आज अधिकांश फाइनान्स कम्पनीहरुको सेयरमा उच्च वृद्धि…

Read More
Share Market 

११४ अंक बढ्यो सेयर बजार, कारोबार दोब्बर

१५ असोज, काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । यो वृद्धिसँगै परिसूचक २६२३ अंकमा पुगेको छ । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भयो । २४३ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन…

Read More
Banking 

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१५ असाेज, काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखेको हो। सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

Read More
Business Gold & Silver 

तोलामा ५ सय घट्यो सुन

१५ असोज, काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।

Read More
Travels & Tourism 

बढ्यो हवाई चाप, एकै दिन ५५९ उडान

१५ असोज, काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएको विमानस्थलका…

Read More
Main Headlines Society 

राजमार्गमा दृष्य एक, पीडा अनेक

१५ असाेज, काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ। तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ। कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन्। त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो। एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुपर्‍यो। झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुपर्‍यो। झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमवार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन। राजमार्गको…

Read More
Business Main Headlines 

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ?

१५ असाेज, काठमाडौँ । नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । निगमले चाडपर्व नजिकिएसँगै आजदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ घटाइएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । आयल निगमले पर्वका बेला…

Read More
Business 

काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव त हुने होइन, के भन्छ निगम?

१४ असाेज, काठमाडौं । बाढी पहिरोका कारण राजमार्ग अस्तव्यस्त तथा अवरुद्ध भएपछि कतै पेट्रोलियम पदार्थको अभाव हुने त होइन भन्ने चिन्ता बढेको छ। तर, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या नहुने बताएको छ। निगमले सातदेखि दश दिनलाई पेट्रोलियम पदार्थ मौज्दात रहेकाले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। निगमसँग पेट्रोल सात, डिजेल र हवाई इन्धन दश/दश दिनका लागि पुग्ने भण्डार क्षमता छ। थानकोट डिपोमा आइतबारसम्म पेट्रोल एक करोड लिटर, डिजेल तीन करोड लिटर र हवाई इन्धन ५५ लाख लिटर मौज्दात छ। इन्धन बोकेका केही ट्यांकर काठमाडौं आउँदै गरेकाले…

Read More
Main Headlines Society 

प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल

१४ असोज, काठमाडौं । अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ । यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो । नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको छ । प्रधानमन्त्री चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएको…

Read More