Business Share Market 

सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा

०७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । प्रिओपनमा बजार बढे पनि नियमित कारोबार सुरु भएपछि भने निरन्तर बजार ओरालो लाग्यो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ…

Read More
Banking 

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

०७ असाेज, काठमाडाैं । ज्योति विकास बैंकले ई-नेबल नेपालसँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो। ईनेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान…

Read More
Banking 

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच सत्तरी प्रतिशतसम्म सवारी कर्जाको सम्झौता

०७ असाेज, काठमाडाैं । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो। यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक(केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी…

Read More
Cooperative 

पूर्व नेपाल बहुउद्देश्यीय सहकारीको करोडौँ रकम घोटाला

पूर्वपदाधिकारीको कटेरो कम्पनीमा मात्रै १८ करोड कर्जा प्रवाह ०७ असाेज, विराटनगर । झापाको कमल गाउँपालिका २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रकम सञ्चालक समितिका पदाधिकारीहरूले आफ्नै कम्पनीमा लगेको पाइएको छ । उक्त सहकारी झापामै ठुलो सहकारीको रूपमा परिचित छ । सहकारीका पूर्व पदाधिकारीहरू र व्यवस्थापकहरूले आफ्ना कम्पनीमा गरेको १८ करोडभन्दा बढी कर्जा लगानी उठ्न सकेको छैन । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले गरेको अनुगमन प्रतिवेदन अनुसार उक्त सहकारीका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरू मिलेर खोलेको कटेरो नेपाल प्रा.लि नामको कम्पनीका सञ्चालकलाई एकै समयमा १८…

Read More
Gold & Silver 

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम

०७ असाेज, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै छापावाल सुन नै प्रति १० ग्राम १ लाख ३६ हजार ४९० रुपैयाँ कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको…

Read More
Agriculture Business 

कालिमाटीमा सबैभन्दा सस्तो तरकारी गोलभेँडा, च्याउलाई सबैभन्दा महंगो पर्ने

०७ असोज, काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा बुधबार सबैभन्दा सस्तो तरकारी गोलभेँडा र च्याउ सबैभन्दा महंगो तरकारीको रुपमा कारोबार भइरहेको छ । सानो गोलेभेँडाको प्रतिकेजी न्यूनतम मूल्य १५ रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य २५ रुपैयाँ तोकिएको छ । यस्तै, आज सिताके च्याउको न्यूनतम मूल्य ९५० रुपैयाँ र अधिकतम मूल्य ११ सय रुपैयाँ तोकिएको छ । यसैगरी, कालिमाटीमा आज कन्य च्याउ १९६ रुपैयाँ, कुरीलो ४३३ रुपैयाँ, न्यूरो ९६ रुपैयाँ, लाम्चो भन्टा ४६ रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ, लोकल सिमी ६८…

Read More
Cooperative Main Headlines Society 

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

०६ असाेज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएको हो । रविलाई पनि आजै पक्राउ गर्ने गरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग पार्टी कार्यालय वनस्थलीमा आन्तरिक छलफलमा छन् । गोर्खा मिडिया नेटवर्कका सञ्चालक…

Read More
Automobiles International 

जर्मनीको पहिचान ‘फक्सवागन’ : ८७ वर्षको इतिहास, यसरी संकटमा पर्यो विश्वको दोस्रो ठूलो कार कम्पनी

०६ असाेज, एजेन्सी । चम्किलो तथ्यांकले सधैँ सत्य बोल्दैन, जर्मनीको अग्रणी कार कम्पनी यसको पछिल्लो उदाहरण हो । फक्सवागन बिक्रीको हिसाबले टोयोटापछि संसारको दोस्रो ठूलो कार कम्पनी हो । कम्पनीसँग पोर्श, बेन्टले, ल्याम्बोर्गिनी, डुकाटी र अडी जस्ता विशिष्ट ब्रान्डहरू छन् र फक्सवागन, स्कोडा, कप्रा, मान, स्क्यानिया र सिएटजस्ता सेल्स च्याम्पियनहरू छन् । तर सन् २०१५ को डिजेलगेट काण्डपछि यो विशाल जर्मन कार कम्पनी समस्यामा परेको छ । लगभग एकदशक पहिले, अमेरिकी अनुसन्धानकर्ताहरूले फक्सवागन गाडीहरूमा नक्कली उत्सर्जन रिडिङ दिने सफ्टवेयर पत्ता लगाए । यसपछि अमेरिका र जर्मनीमा फक्सवागनविरुद्ध मुद्दा चल्न थाल्यो…

Read More
Main Headlines Society 

पक्राउ परे दुर्गा प्रसाईं

०६ असाेज, काठमाडाैं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका अंगरक्षकलाई पनि नियन्त्रणमा लिइएको थियो । साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

Read More
Travels & Tourism 

विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

०६ असाेज, काठमाडाैं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुने भएकाे हाे । बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनले भने, “पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।” उनका अनुसार त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।…

Read More