Business Share Market 

लगातार पाँचौ दिन घट्यो सेयर बजार, होटलमा आकर्षण

०१ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि नेप्से २६११ अंकमा झरेको छ । योसहित लगातार पाँचौ दिन बजार घटेको हो । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो । यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक…

Read More
ipo Share Market 

सान्भि इनर्जीको आइपीओमा जेठ ९ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने

०१ जेठ, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा जेठ ९ गतेदेखि सर्वसधारणले आवेदन दिन पाउने भएका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यस अघि कम्पनीले ८ करोड ८० लाख…

Read More
Business 

सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

०१ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो । चाँदीमा पनि ३५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य…

Read More
Banking Business 

खातामा ‘प्यान’ अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

०१ जेठ, काठमाडौँ । एनआइसी एसीया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकका खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने हुन्छ । त्यसकारण ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा प्यान अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो । साथै आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने जनाएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टिडीइस…

Read More
Business Share Market 

लगातार चौथो दिन घट्यो सेयर बजार

३१ वैशाख, काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो । दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका…

Read More
Banking 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो

३१ वैशाख, काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ । यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ । एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ । वित्तीय प्रणालीमा अधिक तरलता…

Read More
Banking Business 

झनै घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?

३१ वैशाख, काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर झनै सस्तो भएको छ । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर झनै घटेको हो । जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत ५.९५२ प्रतिशत विन्दुमा झरेको छ । गत बैशाखमा यस्तो ब्याजदर ५.९७९५ प्रतिशत विन्दु थियो । बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशत विन्दु घटेको हो । जेठ महिनामा २० वाणिज्य बैंकहरुमध्ये तीन वटा बैंकहरुले ब्याजदर बढाउँदा अरु तीन वटा बैंकले घटाएका छन् । १४ बैंकले भने बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जेठ…

Read More
Business Gold & Silver 

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३१ वैशाख, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय…

Read More
Banking Business Share Market 

हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढ्यो

३१ वैशाख, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा अहिले ४ अर्ब १८ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी सामान्य बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १२ रुपैयाँ ४१ पैसा रहेकोमा…

Read More
Business Share Market 

१४ अंक घट्यो सेयर बजार, जीवन बीमामा आकर्षण

३० वैशाख, काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो, जुन आजका लागि अधिकतम अंक रह्यो । बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत बढ्यो । यस सेक्टरका अधिकांश…

Read More