International Technology 

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक

१८ माघ, काठमाडौं । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलोपटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्। कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न र पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरू अझै जीवित छन् कि भनेर स्टेसनको बाहिरी भाग सफा गर्न बाहिर निस्किएका हुन्। “अब हामी जान्छौँ”, विलमोरले स्पेनबाट २६० माइल (४२० किलोमिटर) माथि निस्किँदा भने। गत जुनमा अन्तरिक्ष स्टेसनमा आइपुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो। तर उनीहरूको नयाँ सवारी, बोइङको…

Read More
International 

दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

१८ माघ, दुबई । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् । सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बावजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो । एशिया, युरोप र अफ्रिकाको बिचमा अवस्थित संयुक्त अरब इमिरेट्स (युएई) शहर एक दशकसम्म विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक विमानस्थल बन्न सफल भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद…

Read More
International Technology 

च्याटजीपीटीलाई टक्कर दिने ‘चिनियाँ हिरो’, जसले बनाए डिपसिक

१७ माघ, काठमाडौं । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुनियाँमा च्याटजीपीटीमार्फत नयाँ तुफान लिएर आयो । त्यसबेला प्रविधि जगतमा अमेरिकाको सबैभन्दा ठूलो प्रतिस्पर्धी चीनलाई यसले असर गर्ने भन्ने प्रश्न पनि उठेको थियो । च्याटजीपीटी उदयको दुई वर्षपछि चीनको एआई मोडल आएपछि मानिसहरूमा अर्को प्रश्न पुनः एकपटक उठेको छ- “के अमेरिकाले चीनलाई नयाँ आविष्कार गर्नबाट रोक्न सक्छ ?” चीनमा प्रयोगका लागि उपलब्ध नै नभएको च्याटजीपीटीभन्दा ‘राम्रो’ एआई बनाएर उसले आफ्नो जवाफ दिएको छ । यसअघि चीनको बाइडू जस्तो विशाल प्रविधि कम्पनीले च्याटबट नबनाएको होइन । तर यो राम्रो बन्न नसक्दा कतिपयले मजाकको रूपमा उडाएका…

Read More
Automobiles Business International Main Headlines 

बीवाईडीले सार्वजनिक गर्यो ९,२०० वटा गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर “बीवाईडी शेन्जेन“

१७ माघ, काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी ( एनईभी ) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले संसारकै ठूलो रोल–अन-रोल–अफ (आरओ–आरओ) कार क्यारियर “बीवाईडी शेन्जेन“ सार्वजनिक गरेको छ। यो जहाजले ९,२०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बीवाईडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भ्एको कम्पनीले जनाएको छ। चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडी का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ। यी प्रविधिले “बीवाईडी शेन्जेन“ लाई संसारकै सबैभन्दा वातावरणमैत्री…

Read More
International 

अमेरिकन विमान दुर्घट्ना अपडेट : अहिले सम्म १८ जनाको शव निकालियो

१७ माघ, एजेन्सी । अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ । रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरुले जनाएका छन् । सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ । युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधबार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको छ । विमान धावनमार्गमा पुग्ने क्रममा उक्त घटना भएको बताइएको छ । उक्त विमानमा ६० यात्रु र…

Read More
Share Market 

सेयर बजारका सबै सूचक बढे, विकास बैंकमा ४ प्रतिशतको वृद्धि

१५ माघ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८,…

Read More
Business Share Market 

सेयर बजारका सबै सूचक बढे, विकास बैंकमा ४ प्रतिशतको वृद्धि

१५ माघ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८,…

Read More
Technology 

रेड्मी १३ को मूल्य घट्यो

१५ माघ, काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामरा र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ । यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “रेड्मी १३ को मूल्यमा छुट प्रदान गर्न पाउँदा…

Read More
Automobiles 

दीपल ई–०७ ट्रान्सफर्मर एसयुभी नेपाली बजारमा, सुरूवाती मूल्य कति ?

१५ माघ, काठमाडौँ । नेपाली बजारमा दीपलको ट्रान्सफर्मर एसयूभी सार्वजनिक गरिएको छ। दीपलको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले सोमबार गाडी निर्माता कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थितिमा एक कार्यक्रमको बिच दीपलको ‘ई–०७’ सार्वजनिक गरेको छ। यस गाडीको पछाडिको भागलाई बटम थिचेर पिकअप ट्रकमा बदल्न सकिने मुख्य विशेषता रहेको छ। ८९.९८ किलोवाट आवरको ब्याट्री क्षमता भएको यो गाडी एकपटक चार्ज गर्दा ५६६ किलोमिटरसम्म यात्रा गर्न सकि जनाइएको छ। कम्पनीले दिएको जानकारीअनुसार गाडीले २२५८ पीएस पावर (गाडीको इन्जिनको शक्ति, यसले गाडीलाई उच्च गति र तिव्र गतिमा चलाउन मद्दत गर्छ) र ३६५ एनएम टर्क (इन्जिनको…

Read More
Business Gold & Silver 

मंगलबार ९०० रुपैयाँले घट्यो सुनको भाउ

१५ माघ, काठमाडौं। मंगलबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको छ । सोमबार ३०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन…

Read More