Banking Business Share Market 

२६४० अंकमा पुग्यो सेयर बजार, सबै सेक्टर बढे

२२ पुस, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो । २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो । बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९,…

Read More
Main Headlines 

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

२२ पुस काठमाडौँ । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उहाँले भने । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ । एक्यूआईका अनुसार आज…

Read More
Cooperative Main Headlines Society 

स्वर्णलक्ष्मी ठगी प्रकरण: रविसहित ३९ जनालाई मुद्दा

एक अर्ब १९ करोड ९५ लाख बिगो मागदाबी २२ पुस, काठमाडौँ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा ३९ जनाविरुद्ध दुईवटा कसुरमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी र संगठित अपराध नियन्त्रण ऐन २०७० अनुसार सजाय मागदाबी गरिएको छ। लामिछानेलगायत प्रतिवादीहरूका हकमा कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेकाले दोहोरो…

Read More
Business 

अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ

२२ पौष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय…

Read More