Business Share Market 

लगातार पाँचौं दिन बढ्यो सेयर बजार, फाइनान्समा आकर्षण

२३ पुस, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ । आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । बजारको परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । अरुभन्दा फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशत बढ्यो । साथै…

Read More

जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२३ पुस, काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले आईपीओ निष्कासन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जस्मिन पेन्ट्सले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५ लाख कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो । जसको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल नियुक्त भएको हो । जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो, जसले विगत…

Read More
Business Main Headlines 

कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोधेको नौबुँदे स्पष्टीकरणमा के छ?

२३ पुस, काठमाडौँ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौबुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने सङ्केत दिएको छ। मन्त्रालयका सचिव सुरेश आचार्यले सात दिनभित्र चित्तबुझ्दो जबाफ पेस नगरे घिसिङको नियुक्ति अन्त्य गर्ने चेतावनीसहितको स्पष्टीकरण सोधेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमाले घिसिङले “मन्त्रिपरिषद्‌को निर्णय अवज्ञा गरेको” भन्दै उनीसँग असन्तुष्ट थिए। ऊर्जामन्त्री दिपक खड्का र घिसिङबीच पनि मतभेद भएका विवरणहरू आएका थिए। आफ्नो पहिलो कार्यकालमा लोडशेडिङ अन्त्य गरेको श्रेय पाएका उनी २०७८ साउनमा दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। नौबुँदे स्पष्टीकरणमा…

Read More
Business 

अमेरिकी डलर उकालो लाग्दा, यस्तो छ अन्य मुद्राको अवस्था

२३ पुष, काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय…

Read More
Main Headlines 

चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

२३ पुस, काठमाडौँ ।  अपडेट: ७ः१५चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति…

Read More