Business Share Market 

पुस मसान्त सकिनै लाग्दा सेयर बजार परिसूचकसँगै कारोबार पनि गिरावट

२८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमास सकिनै लाग्दा सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम कारोबार दिन हो । त्यसको अघिल्लो दिन आइतबार बजार परिसूचक नेप्सेमा २५.४१ अंक (०.९६ प्रतिशत) को गिरावट भएको छ । आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच…

Read More
Banking 

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

२८ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको…

Read More
Business Gold & Silver 

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको भाउ

२८ पुस, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । शुक्रबार ८०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Cooperative Main Headlines Society 

सहकारी ठगी प्रकरण: न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू

२८ पौष, काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको हो । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ । सो प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आफैँ अदालतमा उपस्थित हुनेगरी छुटेका थिए…

Read More