Banking Business 

माघका लागि कुन बैंकको व्याजदर कति ?

२९ पुष, काठमाडौँ । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ। २० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने १ बैैंकले बढाएको छ । अन्य वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको…

Read More
Business Share Market 

१५.५४ अंक गिरावट हुँदा २६०० बाट तल झर्‍यो नेप्से

२९ पुस, काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो । नेप्सेमा गिरावट भए पनि सोमबार कारोबार रकम भने उलेख्य बढेको छ । गत बिहीबार ७ अर्बमाथिको कारोबार भएको बजार आइतबार ४ अर्ब पनि पुग्न सकेको थिएन । सोमबार भने ६ अर्ब ६५ करोड ९ लाखको सेयर कारोबार भएको छ । ६४ हजार २ सय ७८ कारोबार मार्फत १ करोड ३८ लाख ७० हजार ५…

Read More
Banking 

राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

२९ पुस, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज सोमबार काठमाडौँमा एक कार्यक्रम गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बैंकिङ्ग क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना…

Read More
Business 

आइसिएफसि फाइनान्सले माघ ९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

२९ पुस, काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो। फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुने छ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६…

Read More
Business Gold & Silver 

सुनको मूल्यमा सामान्य वृद्धि

२९ पुस, काठमाडौँ । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार १६ सय रुपैयाँले बढेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More