२५ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
०१ माघ, काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपी दर्जामा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार राति प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश थापा रहेका छन् भने दोस्रो नम्बरमा अजय के.सी. रहेका छन् । त्यसैगरी तेस्रो नम्बरमा अनुपम शम्शेर ज.ब.रा., चौथो नम्बरमा बीर बहादुर बुढामगर र पाँचौमा नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
निकै लामो रस्साकस्सीपछि गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले बढुवा प्रक्रिया टुंगो लगाएको छ।

