Business Gold & Silver 

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्यो

०८ माघ, काठमाडौँ । सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७२५.६२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.६२ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment