Business Share Market 

५२ अंक बढ्यो सेयर बजार, ९ अर्ब नाघ्यो कारोबार

०९ माघ, काठमाडौं । बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो । बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१,…

Read More
Automobiles 

विद्युतिय गाडि आयात वृद्धि घट्यो, मुख्य कारण भन्सारमा लगाइएको अन्तः शुल्क

०९ माघ, काठमाडौं । विद्युतिय गाडिको आयातमा भइरहेको वृद्धि सुस्त देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस मसान्तसम्म) १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँका इलेक्ट्रीक गाडि (ईभी) आयात गरिएको छ । चालु आर्थिक वर्षमा विद्युतीय कार, जीप तथा भ्यान गरी कूल पाँच हजार ४८० ईभी गाडि आयात गरिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ६७३ वटाले मात्रै बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँका पाँच हजार १०७ वटा ईभी गाडि आयात…

Read More
Banking Business 

बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

०९ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज बुधबार ९० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने…

Read More
Business Gold & Silver 

बुधबार सुनको मूल्य तोला कै १९ सय रुपैयाँले बढ्यो

०९ माघ, काठमाडौँ । सुनको भाउ एकै दिनमा प्रतितोला १९ सय रुपैयाँले बढेको छ। मंगलबार ११ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार १९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Business 

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

०९ माघ, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गरेको हो । फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुने छ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता…

Read More