आइसिएफसि फाइनान्सको डिबेञ्चर ओभर सब्स्क्राइब्ड, दुई गूणा बढी आवेदन
१० माघ, काठमाडाैं । आइसिएफसि फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र पहिलो दिन नै ओभर सब्स्क्राइभ भएको छ । फाइनान्सले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ का ऋणपत्रमा सोमबार बिहान १० बजेसम्ममा २.११ गूणा बढी आवेदन परेको हो । फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरमा सर्वसाधारणमा १ लाख २० हजार कित्ता निष्काशन गरेकोमा बिहीबार बिहान १० बजेसम्ममा ४ हजार २५९ वटा आवेदनबाट कुल ३ लाख ३ हजार ८१२ कित्ता माग भएकोमा ४७७ वटा आवेदन रद्ध भएका छन् । रद्ध भएका आवेदन…
Read More