Business Share Market 

सेयर कारोबार ९ अर्ब नाघ्यो, फाइनान्समा उच्च गिरावट

१३ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ९ अर्ब १२ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशत घट्यो । विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढे । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी…

Read More
Banking 

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१३ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप…

Read More
Business 

भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्छ : चन्द्रप्रसाद ढकाल

१३ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्नेमा जोड दिएका छन् ।भन्सार विभागले आज आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अध्यक्ष ढकालले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाइनुपर्ने, कर्मचारीको तजबिजी अधिकार हटाइनुपर्ने, प्रविधिको प्रयोगमा जोड दिनुपर्नेलगायत सुझाव ढकालले दिए । “अर्थतन्त्र चलायमान हुँदा राजस्व आफैँ बढ्ने भएकाले सरकारले स्वच्छ र प्रतिस्पर्धी व्यवसाय प्रबद्र्धनमा जोड दिनुपर्छ । भन्सार दर उच्च हुँदा खुला सीमानाबाट चोरी पैठारी बढेको छ । यसको असर राजस्वमा पनि परेको छ”, ढकालले भने, “जाँचपासका…

Read More
Banking Business Interview 

‘अध्यादेशपछि निजी क्षेत्र उत्साहित छ’

साना साना विवादले ठुलो लगानी अलपत्र परेका विषय । कुनै एउटा सरकारले आयोजनाका लागि अनुमति दिएपछि बाँकी अरू सरकारले पनि त्यसमा सहजीकरण गरिदिएमा मात्र विकासले गति लिन सक्छ ।  १३ माघ, काठमाडाैं । अर्थतन्त्रमा ८० प्रतिशत आसपास योगदान गर्ने निजी क्षेत्र निराशाको भाषा बोल्न थालेको दुई/तीन वर्षपछि यतिबेला उत्साहित देखिएको छ । सूचकहरू ठिकठाक देखिए पनि लयमा नआइसकेको अर्थतन्त्रले अब भने गति लिने गरी मनोबल बढेको प्रतिक्रिया निजी क्षेत्रको छ । निजी क्षेत्रले अप्ठ्यारा ठानेका धेरै कानुनलाई सरकारले अध्यादेशमार्फत संशोधन गरेपछि सुधार र विकासमा आशा पलाएको हो । यसै सन्दर्भमा अध्यादेशपछिको…

Read More
Business Gold & Silver 

आइतबार २०० रुपैयाँले घट्यो सुनको भाउ

१३ माघ, काठमाडाैं। आइतबार सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय…

Read More
Main Headlines 

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्वमा गिरावट

१३ माघ, दाङ । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ७१ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने। यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ । गतसाउनमा १२ लाख राजस्व उठाउने…

Read More