जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
२३ पुस, काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले आईपीओ निष्कासन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जस्मिन पेन्ट्सले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५ लाख कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो । जसको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल नियुक्त भएको हो । जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो, जसले विगत…
Read More