Agriculture Society 

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

२१ पौष, बाँक। बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ। नेपालकै कान्छो निकुञ्जका रूपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए। ‘हामीसँग हालसम्म चार सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान रहेका छन्। यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ। त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ४० देखि ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा…

Read More
Gold & Silver 

सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो

२१ पुस, काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Read More
Main Headlines Society 

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

२१ पौष, काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका…

Read More
Business 

अस्ट्रेलियन डलर र दिनार पनि महँगिए, युरो र पाउन्डको मूल्य घट्यो

२० पुष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। युरो र पाउन्डको मूल्य हिजो पनि घटेको थियो। तर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्रा भने आज पनि महँगिएका छन्। बिगत चार दिनदेखि बहराइन दिनारको मूल्य पनि लगातार बढिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६…

Read More
Business International Technology 

चीनद्वारा ब्याट्री र महत्वपूर्ण खनिजसँग सम्बन्धित प्रविधिमा निर्यात थप प्रतिबन्धको प्रस्ताव

२० पौष, काठमाडौँ । चीनको वाणिज्य मन्त्रालयले ब्याट्रीका कम्पोनेन्ट बनाउन र लिथियम र गालियम जस्ता महत्वपूर्ण खनिजहरू प्रशोधन गर्न प्रयोग हुने केही प्रविधिमा निर्यात प्रतिबन्ध प्रस्ताव गरेको छ। यो जानकारी बिहीबार सार्वजनिक गरिएको एक दस्तावेजमा उल्लेख छ। यदि यी प्रतिबन्ध लागू भएमा यी महत्वपूर्ण खनिजहरू र तिनलाई प्रशोधन गर्न प्रयोग हुने प्रविधिमा लक्षित निर्यात प्रतिबन्ध र प्रतिबन्धहरूको शृंखलामा नयाँ कदम हुनेछ। यी क्षेत्रमा बेइजिङ विश्वव्यापी रूपमा प्रभावशाली छ। रोयटर्सका अनुसार यस घोषणाले यो महिनाको अन्त्यमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको उद्घाटनपछि हुनुसक्ने सम्भावित अमेरिकी प्रतिबन्धलाई अघिबाटै टक्कर दिन लागेको बुझिएको छ।…

Read More
Health Main Headlines 

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

१९ पौष, काठमाडौँ । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ। मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले भने,’बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।’ उनले विद्यमान स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रुपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताए।…

Read More
Gold & Silver 

सुनको भाउ बढेको बढ्यै, तोलामा एकैपटक २ हजार रुपैयाँले बढेर कति पुग्यो ?

१९ पौष, काठमाडौँ । पछिल्लो केही दिनयता, सुनको भाउ लगातार बढिरहेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार मात्रै सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । यसअघि तोलामा १ हजार ७ सय ९० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय १० रुपैयाँ पर्नेछ ।

Read More
Business Share Market 

सेयर बजारमा १ अर्ब बढ्यो कारोबार, विकास बैंकमा आकर्षण

१८ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढ्यो । कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा…

Read More
Business Main Headlines 

डेढ लाख होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी

१८ पौष, काठमाडौँ । मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ । तथ्याङ्क दिवसका अवसर पारेर राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० मा मुलुकभर सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ प्रतिष्ठानमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको लगानी रहेको उल्लेख छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सो सर्वेक्षण गरेको थियो । सवा दुई खर्ब लगानी गर्दा ती प्रतिष्ठानले कुल तीन…

Read More
Corporate Health Main Headlines 

प्रतिष्ठान संरक्षक परिषद्लाई निरन्तरता दिनुपर्ने सुझाव

१७ पौष, काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानका पदाधिकारीले विद्यमान सञ्चालक समितिलाई नै विश्वविद्यालय स्थापना भएपछिको संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा उनीहरूले यस प्रकारको धारणा व्यक्त गरेका हुन् । छलफलमा राष्ट्रिय सभाका सदस्यहरूले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने स्रोत र संरक्षक परिषद्को गठन तथा संरचनाबारे चासो व्यक्त गरेका थिए । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी छलफलमा संरक्षक परिषद्को गठन कसरी हुने भनी राखेको जिज्ञासामा प्रतिष्ठानका पदाधिकारीले विश्वविद्यालयमा परिणत भएलगत्तै प्रतिष्ठानको सञ्चालक समितिलाई नै संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताए । छलफलमा प्रतिष्ठानका प्रमुख…

Read More