Business Share Market 

बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण

०८ माघ, काठमाडौं । मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ । दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो । १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य…

Read More
Agriculture 

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

०८ माघ, लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ । जिल्लामा किसानले यस वर्ष रु एक हजार पाँच सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट १८ करोड रुपैयाँ आम्दानी गरेको उनको भनाइ छ । यस्तै, गत वर्ष…

Read More
Business Gold & Silver 

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्यो

०८ माघ, काठमाडौँ । सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७२५.६२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.६२ डलरमा…

Read More
ipo Share Market 

नेपाल माइक्रो इन्स्योरेन्समा आजदेखि आवेदन दिन सकिने

०८ माघ, काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेका हो । कम्पनीले…

Read More
Business Share Market 

सेयर बजार २६०७ अंकमा, फाइनान्समा उच्च गिरावट

०७ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अंक ६.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६०७ मा कायम भएको छ । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडको भयो । ११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो भने अन्य सेक्टर २.१३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.६०, हाइड्रोपावर ०.०२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटे । होटल तथा पर्यटन…

Read More
Business 

बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री

०७ माघ, काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने जिकिर गरे । उनले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर…

Read More
Banking 

लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

०७ माघ, काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १० प्रतिशत बढी हो । बैंकले सोमबार जारी गरेको वित्तीय विवरण अनुसार गत आव दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड बराबर नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्था बापत इम्पेयरमेन्ट शुल्क कम हुँदा नाफा बढेको हो । त्यसैगरी लक्ष्मी सनराइजले चालु आव पहिलो ६ महिनामा ५ अर्ब १९ करोड बराबर खुद ब्याज आम्दानी गरेको छ…

Read More
Banking 

नेपाल एसबिआई बैंकद्धारा नेपाल भारत मैत्री संघ कास्कीलाई सहयोग

०७ माघ, काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ कास्कीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। नेपाल एसबिआई बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले उक्त रकम संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरे। कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहयोग रकम प्राप्त गर्ने नेपाल भारत मैत्री संघका अध्यक्ष गोपाल धोजुले यस सहयोगका लागि बैंकलाई धन्यवाद ज्ञाप गर्दै पुस्तकालयका गतिविधिहरू थप सुदृढ बनाउन मद्दत…

Read More
Main Headlines 

आम्दानीसँगै खस्कियो निफ्राको नाफा

०७ माघ, काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेकोछ । यो दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड छ । पहिले यसै अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ थियो । कम्पनीको खुद नाफामा कमी आउँदा प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ३९…

Read More
Banking 

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो

०७ माघ, काठमाडौं । कृषि विकास बैंकको नाफामा २९ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ छ । यस्तो नाफा गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी नै १ अर्ब घट्दा कम्पनीको नाफमा असर परेको देखिन्छ । यस्तो आम्दानी पहिले ४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । लोन लस प्रोभिजन केही घटेको छ । यस्तो रकम पहिले १…

Read More