ipo Share Market 

दुई कम्पनीको आईपीओ आउँदै

०५ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साधारण सेयर निष्कासनको अनुमति प्रक्रिया लामो समयदेखि रोकिँदै आएकोमा नियामक निकायले पछिल्लोपटक दुई कम्पनीलाई अनुमति प्रदान गरेको हो । यसरी अनुमति पाउने कम्पनीहरूमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स छन् । दुवै कम्पनीलाई बोर्डले साधारण सेयर बिक्रीको अनुमति दिएको हो । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री लागि अनुमति दिएको हो । यही माघ ३ गतेबाट यस्तो…

Read More
Main Headlines Society 

कोपमा गएको टोलीबारे प्रश्न

०४ माघ, काठमाडाैँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनका विषयमा काम गर्न र अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न व्यवस्थित टोली बनाउन निर्देशन दिएको छ । जलवायु परिवर्तन महासन्धिको पक्षराष्ट्र नेपालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा व्यवस्थापन र नेतृत्वको शैली संस्थागत नहुँदा काम गर्न कठिन भएको भन्दै समितिले सो निर्देशन दिएको हो । समितिले विश्व जलवायु सम्मेलन (कोप–२९) को समीक्षा र नेपालको आगामी कार्यदिशा विषयमा छलफल गर्न वन तथा वातावरण, अर्थ, ऊर्जा तथा सिँचाइ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीसँग छलफल गर्ने क्रममा सो निर्देशन दिएको हो ।…

Read More
Education Lifestyle Main Headlines 

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

०४ माघ, काठमाडाैँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू…

Read More
Business Gold & Silver 

सुनको भाउ दुईदिनमा प्रतितोला २५ सय रुपैयाँले बढ्यो

०४ माघ, काठमाडौँ । सुनको भाउ दुईदिनमा प्रतितोला २५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार १३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Business 

अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ कति पुग्यो ?

०४ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमेरिकी डलरमा आज पनि वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलरको मूल्य…

Read More
Main Headlines Society 

सिद्धबाबाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ ११ गते, कहिलेदेखि गुड्छन् सवारी साधन ?

०४ माघ, काठमाडौँ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ माघ ११ गते ‘ब्रेक थ्रु’ गरिने भएको छ । उक्त सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले पूजाआजा गरी ‘ब्रेक थ्रु’ गर्ने आयोजनाका कृष्णराज अधिकारीले बताए । ‘अब दुई मिटर खन्न बाँकी छ । ब्रेक थ्रु गर्नका लागि राखिएको छ । यसअघि माघको पहिलो सातालाई ब्रेक थ्रु गर्ने कार्यक्रम राखिएको थियो,’ अधिकारीले भने, ‘तर प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण माघ ११ मा ब्रेक थ्रु गर्न लागिएको छ ।’ अधिकारीकाअनुसार सोही दिन प्रधानमन्त्री ओलीले बुटवलको गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । सो सडक ६…

Read More
Business Share Market 

७ अंक घट्यो सेयर बजार, आत्तिए फाइनान्सका लगानीकर्ता

०३ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बुधबार २५८५.८६ अंकमा बन्द भएको बजार बिहीबार २५८८.६२ अंकमा झरेको हो । बुधबार जस्तै बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको हो । साताको अन्तिम कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले यो क्षेत्रमा बढी जोखिम रहेको महसुस…

Read More
Business Gold & Silver 

सुनको भाउ एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढ्यो

०३ माघ, काठमाडौँ । सुनको भाउ एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Business 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

०३ माघ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले मूल्य बढाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ…

Read More
Business Share Market 

दुई अंक बढ्यो सेयर बजार

०२ माघ, काठमाडौं । बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो । बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो । आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह…

Read More