राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न
२९ पुस, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज सोमबार काठमाडौँमा एक कार्यक्रम गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बैंकिङ्ग क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना…
Read More