Main Headlines 

प्रतिकुल मौसमका कारण ८ ठाउँका हवाई उडान प्रभावित

१६ फागुन, काठमाडौं। प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका…

Read More
Banking Business 

गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

१६ फागुन, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक एन्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ ।

Read More
Business Gold & Silver 

सुनको भाउ तोलाको २२ सय रुपैयाँले घट्यो

१६ फागुन, काठमाडौँ । सुनको भाउ तोला २२ सय रुपैयाँले घटेको छ । बिहीबार २०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८…

Read More
Main Headlines Society 

६.१ म्याग्निच्युडको भूकम्पले कति क्षति भयो ?

१६ फागुन काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भएको भूकम्पबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार भौतिक र मानवीय क्षति भएको छैन । दुगुनागडीमा सामान्य पहिरो गएको उल्लेख गर्दै उनले प्रहरी चौकीको भवन पनि सामान्य चर्केको बताए । प्रहरीका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको छ । आज विहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।

Read More
Business Share Market 

बैंकिङ चम्किँदा सेयर बजारले नाघ्यो २८ सय

१५ फागुन, काठमाडौं ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भयो । १८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रह्यो । आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । मुख्यतः राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गमा बैंकहरुले छुट्याउनुपर्ने…

Read More
Business Gold & Silver 

सामान्य घट्यो सुनको भाउ

१५ फागुन, काठमाडौँ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार प्रतितोला ८०० रुपैयाँ घटेको सुनको मूल्य बिहीबनर २०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ…

Read More
Banking Main Headlines 

अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

१४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ । “मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा…

Read More
Culture & Religions Main Headlines Society 

आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजा

१४ फागुन, काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु…

Read More
Business Share Market 

धेरै कम्पनीको मूल्य घट्दा पनि बढ्यो सेयर बजार

१३ फागुन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । अन्य समूह सबैभन्दा धेरै २.९ प्रतिशत बढ्यो । त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१,…

Read More
Main Headlines 

२५ अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

१३ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । मंगलबार बोलकबोल…

Read More