Banking 

ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त

२५ माघ, काठमाडाैँ । ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । उनलाई बैंक सञ्चालक समितिको बुधबार बसेको ५०९औँ बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मी हिजो बुधबारदेखि नै लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । वरिष्ठ अधिवक्तासमेत रहेका रेग्मीसँग नेपाल राष्ट्र बैंकमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । कानुन विषयमा स्नातकोत्तर उनले नेपाल सरकारअन्तर्गतका विभिन्न निकायमा कानुनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् । रेग्मी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध छन् । नेपाल मध्यस्थता परिषद्‌को आजीवन सदस्य…

Read More
Business Gold & Silver 

लगातार तीन दिन उच्च अंकले बढेको सुनको मूल्य शुक्रबार ४०० रुपैयाँले घट्यो

२५ माघ, काठमाडौं । सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । लगातार तीन दिन उच्च अंकले बढेको सुनको भाउ साताको अन्तिम कारोबार दिन आज प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business 

माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ सुरु गर्ने

२५ माघ, काठमाडौं। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले बिहीबार ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गरेका छन् । फ्लोटिङ्ग सोलार प्रोजेक्ट एक प्रक्रिया हो,जहाँ सौर्य प्यानलहरू पानीको सतहमा रहन्छ । फ्लोटिङ सोलार प्रोजेक्टको मुख्य उद्देश्य जलस्रोत प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्नु हो । यसले पानीको चिसो प्रभावको कारण सौर्य प्यानलहरूको दक्षतामा सुधार गर्दछ । “सरकारले यस वर्ष विदेशी लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्र विकास अनुमतिहरू जारी गर्ने योजना बनाएको छ ।” सन् २०२५ को लागि माल्दिभ्सको एक सदनात्मक व्यवस्थापिका पिपुल्स मजलिसको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रपतिले फ्लोटिङ्ग…

Read More
Lifestyle Main Headlines Society 

भ्यालेन्टाइन सप्ताह सुरू : आज रोज डे, कुन रंगको गुलाब कसलाई दिने ?

२५ माघ, काठमाडौं । भ्यालेन्टाइन सप्ताह प्रेमीहरूको लागि धेरै विशेष छ। यो सातामा प्रेम हावामा घुल्छ र भ्यालेन्टाइन विकको पहिलो दिन हावामा गुलाबको सुगन्ध पनि बग्न थाल्छ । हरेक वर्ष फेब्रुअरी ७ बाट भ्यालेन्टाइन वीक सुरु हुन्छ, यसको पहिलो दिन रोज डे मनाइन्छ। धेरै जोडीहरूको रोमान्टिक कथा रोज डेबाट सुरु हुन्छ। वास्तवमा यस दिन केटा वा केटीहरूले आफ्नो पार्टनर वा आफूले मनपर्ने व्यक्तिलाई गुलाब दिन्छन्। गुलाबलाई फूलको रानी भनिन्छ । यसको सुगन्ध, सौन्दर्य र रगतजस्तै गहिरो रातो रङले मुटु छुन्छ। तर, रोज डेमा रातो गुलाब मात्र होइन विभिन्न रंगका गुलाब…

Read More
Business Main Headlines Society 

दुई वर्षमा पनि फर्किएन विमान

२५ माघ, कालीकोट । झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ । २०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन । तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उद्घाटनका लागि लिएर आएको जहाज उहाँहरूलाई नै लिएर फर्कियो तर त्यसपछि सुनथराली कहिल्यै आएन । उद्घाटन भएको विमानस्थलमा हप्तामा दुई दिन उडान गर्ने भनिएको थियो तर उद्घाटनसँगै त्यो योजना रोकियो । विमानस्थल निर्माण हुन पूरै ३७ वर्ष लागेको थियो । निर्माणपछि पनि औपचारिक उद्घाटन…

Read More