Business Gold & Silver 

लगातार तीन दिन उच्च अंकले बढेको सुनको मूल्य शुक्रबार ४०० रुपैयाँले घट्यो

२५ माघ, काठमाडौं । सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । लगातार तीन दिन उच्च अंकले बढेको सुनको भाउ साताको अन्तिम कारोबार दिन आज प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६८.३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.२५ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment