Share Market 

अपि पावर कम्पनीको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?

२८ माघ, काठमाडौँ । अपि पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।

गत आवमा कम्पनीले रू. २१ लाख ४३ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू.३१ करोड १६ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३८ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू.६२ करोड विद्युत विक्री आम्दानी गरेकोमा चालू आवमा रू.८५ करोड ८० लाख आम्दानी गरेको छ ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको मूल्य आम्दानी अनुपात २५ दशमलव ८३ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ९ रुपैयाँ १८ पैसा रहेको छ ।

चुक्ता पूँजी रू. ६ अर्ब ७ करोड रहेको कम्पनीले जगेडामा रू. ५५ करोड ७६ लाख सञ्चिति गरेको छ ।

Related posts

Leave a Comment