Business Gold & Silver 

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको भाउ

२८ माघ, काठमाडौं । सोमबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६१.२६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.८२ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment