Business Share Market 

पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण

२९ माघ, काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे…

Read More
Banking Business 

बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरका कर्जा प्रवाहमा जोड दिनुपर्ने : राष्ट्रबैंक

२९ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिहरूलाई उपयुक्त हुनेगरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाका भनिएको छ, “कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।” बैंकले नियमित आम्दानी भएका व्यक्तिको कर्जा अवधिभर ब्याजदर परिवर्तन…

Read More
Business ipo Share Market 

एसके इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

२९ माघ, काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मुल्य १ सय रुपैयाँ दरका २० करोड ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त क्रममा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर…

Read More
Business Gold & Silver 

सुनको मूल्य एक लाख ७० हजार माथि

२९ माघ, काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

Read More
Business International Technology 

टी मोबाइलद्वारा स्टारलिंकसँगको साझेदारीमा स्याटेलाइट-टु-सेल सेवा शुरु

२९ माघ, काठमाडौं । टी मोबाइलले स्पेसएक्सको स्टारलिंकसँगको साझेदारीमा आफ्नो स्याटेलाइट-टु-सेल सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको छ। यो सेवा व्यापक रूपमा परीक्षण गर्न सुरु गरेको कम्पनीले जनाएको छ। अमेरिकी वायरलेस क्यारियरले मोबाइल डेड जोनहरू हटाउन र दुर्गम क्षेत्रहरूमा कनेक्टिभिटी विस्तार गर्न यो सेवा सुरू गरेको हो। रोयटर्सका अनुसार यो परीक्षण जुलाईसम्म निःशुल्क हुनेछ। त्यसपछि यो योजना टी-मोबाइलको प्रिमियम Go5G Next योजनामा कुनै अतिरिक्त शुल्कबिना समावेश गरिनेछ। अन्य योजनाहरूमा यो सेवा यस ग्रीष्म ऋतुमा व्यावसायिक रूपमा सुरू भएपछि प्रतिमहिना १५ डलरमा थप गर्न सकिनेछ। परीक्षणमा सहभागी हुने ग्राहकहरूले सेवा व्यावसायिक रूपमा सुरू…

Read More
Cooperative Main Headlines Society 

सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश

२९ माघ, बुटवल । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आज अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका ​स्रस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । आजै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका तर्फबाट प्रेमराज पाैडेल र गाेर्कण घिमिरेले बहस गरेका थिए। जाेशीकाे तर्फबाट मनोज चाैधरीसहित दुई जनाले बहस गरेका थिए। यसअघि रुपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने धरौटी लिएर तारेखमा राखी…

Read More