Banking Business 

बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरका कर्जा प्रवाहमा जोड दिनुपर्ने : राष्ट्रबैंक

२९ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिहरूलाई उपयुक्त हुनेगरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनाका भनिएको छ, “कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।”

बैंकले नियमित आम्दानी भएका व्यक्तिको कर्जा अवधिभर ब्याजदर परिवर्तन नगर्न भनेको हो । यद्यपी, ग्राहक स्वयम्ले नै परिवर्तनीय ब्याजदरमा नै कर्जा लिन चाहेमा भने ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न सकिने बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

Related posts

Leave a Comment