सुनको मूल्य एक लाख ७० हजार माथि
२९ माघ, काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।