Business Share Market 

सीईओ नियुक्तिमा सधैँ ढिलाइ, मन्त्रालय र नेप्सेबीच छैन समन्वय

३० माघ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीको कार्यकाल गत साताको शुक्रबार सकियो । उनको कार्यकाल सकिएसँगै कार्यवाहक सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयालले पाएका छन् । तर, नयाँ सीईओ छनोट प्रक्रिया अगाडि नबढाएर अर्थ मन्त्रालय र नेप्से बोर्ड नै शान्त बसेको छ । सार्वजनिक संस्थानहरूको कार्यक्षमतामा प्रश्न उठाउने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेको नेतृत्व छनोटमा चासो देखाएका छैनन् । नेप्से बोर्ड भने अर्थ मन्त्रालयको ग्रीन सिंग्नल खोजिरहेको छ । तर, अर्थ मन्त्रालयको संस्थान हेर्ने महाशाखा पनि नेप्सेको सीईओ छनोट कसरी गर्ने भन्ने…

Read More