Business 

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

०२ फागुन, रसुवा । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् । आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’, सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ । जलविद्युत् आयोजना निर्माण भइरहेको स्थान उत्तरगया – १ का अध्यक्ष मारसिंह तामाङ सीपमूलक तालिमसहित विकास निर्माणका कामबाट रसुवावासी लाभान्वित भएको बताउँछन् । जिल्लाको करिब बीच भागमा रहेको सो आयोजनाले शिक्षा, स्वास्थ्य, रोजगार, सडक, बाटो, वातावरणका क्षेत्रमा गरेको…

Read More
Business Gold & Silver 

सुनको भाउ तोलाको ४०० रुपैयाँले बढ्यो

०२ फागुन, काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहीबार २३ सय रुपैयाँले बढेको सुन शुक्रबार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी शुक्रबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Education 

कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित)

०२ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। बोर्डले आज (बिहीबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। हेर्नुहोस् परीक्षा तालिका

Read More