Technology 

एप्पलको भव्य सरप्राइज : फेब्रुअरी १९ मा नयाँ मोडेलको धमाका

०५ फागुन, काठमाडौं । प्रविधि पारखीहरूका लागि एप्पलले ठूलो सरप्राइज लिएर आएको छ ! एप्पलका सीईओ टिम कुकले फेब्रुअरी १९, २०२५ मा नयाँ एप्पल मोडेल सार्वजनिक गर्ने घोषणा गरेका छन् । उनले एक्स (पूर्व ट्विटर) मा ‘गेट रेडी टू मीट द न्यूवेस्ट मेम्बर अफ द फ्याम्ली’ लेख्दै एप्पलप्रेमीहरूको कौतूहल बढाएका छन् ।

तर, कुन मोडेल सार्वजनिक हुँदैछ भन्नेबारे एप्पलले रहस्य कायम राखेको छ । प्रविधि विश्लेषकहरूको अनुमान अनुसार, यो मोडेल निकै प्रतिक्षित आइफोन एसई ४ (iPhone SE 4) हुनसक्छ, जुन आइफोन १४ को डिजाइनमा आधारित रहने सम्भावना छ ।

६.१–इन्चको ओएलईडी (OLED) डिस्प्ले, होम बटनको विदाई, फेस आईडी सपोर्ट रहनेछ । अत्याधुनिक ए१८ (A18) बायोनिक चिपसेट, ८ जीबी र्‍याम, स्मूथ र तीव्र कार्यक्षमता प्रदान गर्नेछ । ४८ एमपी रियर क्यामेरा, उत्कृष्ट फोटोग्राफी अनुभव, १२ एमपी सेल्फी क्यामेरा हुने बताइएको छ । पहिलेको भन्दा ठूलाे ब्याट्री, यूएसबी टाइप–सी पोर्ट, झनै छिटो चार्जिङ सुविधा उपलब्ध हुनेछ । फाइभजी सपोर्ट रहनेछ, तर एमएमवेभ (mmWave) फाइभजी भने नहुने सम्भावना छ । १२८ जीबी स्टोरेज अप्सन रहनेछ जसले थप स्पेसका लागि सहजता प्रदान गर्नेछ ।

अमेरिकी बजारमा यसको मूल्य करिब ५०० डलर (नेपाली रूपैयाँ ६५,००० हाराहारी) रहने अनुमान गरिएको छ । तर, नेपालमा कर तथा आयात शुल्क जोडिएपछि यसको मूल्य करिब ८०,००० रुपैयाँसम्म पुग्न सक्छ ।

पहिलेका एसई मोडेलभन्दा ठूलो स्क्रिन, शक्तिशाली प्रोसेसर, फेस आईडी, यूएसबी–सी पोर्ट जस्ता अत्याधुनिक विशेषताहरू समेटिएको हुनाले यो मोडेल एप्पलप्रेमीहरूका लागि ठूलो आकर्षण बन्ने अनुमान गरिएको छ ।

मिडिया रिपोर्टअनुसार, फेब्रुअरी २१ (शुक्रबार) बाट प्री–अर्डर खुल्नेछ भने फेब्रुअरी २८ देखि बजारमा उपलब्ध हुन सक्छ ।

एप्पलको यस सरप्राइजले स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने पक्का छ ! अब हेर्न बाँकी छ, आइफोन एसई ४ ले प्रविधि बजारमा कति ठूलो हलचल मच्चाउनेछ ?

Related posts

Leave a Comment