Share Market 

नेप्से लगातार दोहोरो अंकले वृद्धि, १० अर्ब ४३ करोडको कारोबार

०६ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अंकले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अंकले बढेको हो । शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा…

Read More
Banking Banking Fraud 

४० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

०६ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । मंगलबार बोलकबोल हुने निक्षेप…

Read More
Business Gold & Silver 

मंगलबार पनि बढ्यो सुनको मूल्य

०६ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । सोमबार १२ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६८ हजार ७०० सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी मंगलबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार पनि सोही भाउमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।…

Read More
Banking Business 

सानिमाको खुलामुखी म्युचुअल फन्डमा आवेदन खुल्यो

०६ फागुन, काठमाडौं । सानिमा बैंकको कोष प्रवर्द्धनमा ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी आवेदन खुलेको छ । यो खुलामुखी योजना हो । कम्पनीले कुल १० करोड इकाइ फन्ड निष्कासन गर्न लागेको हो । जसमध्ये ४ करोड इकाइ पहिलो चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुला हुन लागेको हो । न्यूनतम १ सय र अधिकतम ४० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १० रुपैयाँ रहने फन्डमा छिटोमा फागुन ११ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै अवधि हुँदैन । इकाइ खरिद गर्न चाहेको जुनसुकै…

Read More