Banking Business 

सानिमाको खुलामुखी म्युचुअल फन्डमा आवेदन खुल्यो

०६ फागुन, काठमाडौं । सानिमा बैंकको कोष प्रवर्द्धनमा ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी आवेदन खुलेको छ ।

यो खुलामुखी योजना हो । कम्पनीले कुल १० करोड इकाइ फन्ड निष्कासन गर्न लागेको हो । जसमध्ये ४ करोड इकाइ पहिलो चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुला हुन लागेको हो । न्यूनतम १ सय र अधिकतम ४० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

अंकित मूल्य १० रुपैयाँ रहने फन्डमा छिटोमा फागुन ११ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै अवधि हुँदैन । इकाइ खरिद गर्न चाहेको जुनसुकै बेला व्यवस्थापक सानिमा क्यापिटलमार्फत खरिद गर्न सकिन्छ ।

त्यस्तै दोस्रो बजारमा पनि कारोबार हुँदैन । यद्यपि लगानी गर्नेले बाहिरिन चाहेका बेला कोष व्यवस्थापक क्यापिटललाई नै फन्ड बिक्री गरी बाहिरिन सक्छन् । बाहिरिँदा न्याभअनुसारको मूल्य पाइन्छ ।

म्युचुअल फन्डबाट संकलित रकमलाई कोष व्यवस्थापकले विभिन्न सार्वजनिक निष्कासन, मुद्रा बजारमा लगानी हुन्छ । साथै त्यस्ता लगानीबाट आउने नाफाबाट इकाइधनीलाई व्यवस्थापकले वार्षिक रुपमा प्रतिफल प्रदान गर्दै जान्छन् । सो प्रतिफल नगदका रुपमा बुझ्न वा थप इकाईमा लगानी गर्न सकिन्छ ।

Related posts

Leave a Comment