Business Share Market 

२७४३ अंकमा पुग्यो सेयर बजार, घट्यो कारोबार

०८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो । ८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन जीवन बीमामा आकर्षण देखिएको छ । सो सेक्टर २.४२ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशत बढ्यो । निर्जीवन…

Read More
Main Headlines 

नेपालमा भित्रीय आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान

०८ फागुन, काठमाडौँ । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् । एक कार्यक्रमका बिच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेश कुमार राठी र शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले सहकार्यको घोषणा गरे । सो अवसरमा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र यसका फिचरका वारेमा चर्चा गरेका थिए…

Read More
Business Gold & Silver 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

०८ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Read More
Business ipo Share Market 

क्रेस्ट माइक्रोलाइफको आईपीओ २२ गतेदेखि खुल्ने

०८ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ फागुन २२ गतेदेखि खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन भइसकेको छ । अब कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहने १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि खुल्न लागेको हो । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन हुनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको…

Read More