क्रेस्ट माइक्रोलाइफको आईपीओ २२ गतेदेखि खुल्ने
०८ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ फागुन २२ गतेदेखि खुल्ने भएको छ ।
कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन भइसकेको छ ।
अब कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहने १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि खुल्न लागेको हो । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन हुनेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको छ । फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।